दुई करोड ४० लाख राजस्व सङ्कलन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दुई करोड ४० लाख राजस्व सङ्कलन



पोखरा, १५ चैत । जिल्ला ट्राफिक कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी रु दुई करोड ४० लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा ३५ हजार एक सय ४९ सवारी चालकलाई कारबाही गरिएको र मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार १९५ जनाको सवारी अनुमति पत्रमा प्वाल पारिएको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिनुभयो ।

चालु आवको साउनदेखि फागुनसम्ममा ७५ वटा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका थिए । मोटरसाइको स्वरुप परिवर्तन गर्ने र ध्वनी प्रदूषण गर्ने १४१ मोटरसाइकल चालकलाई पक्राउ गरी जरिवानापछि अभिभावकको जिम्मा लगाइएको थियो ।

प्रकाशित : १५ चैत्र २०७३, मंगलवार १०:४८