१० लाख भन्दा बढी नगदमा कारोबार गर्न बन्देज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

१० लाख भन्दा बढी नगदमा कारोबार गर्न बन्देज



काठमाडौँ, १६ चैत । सरकारले १० लाख रुपैयाँ वा सोभन्दा बढीको नगदमा कारोबार गर्न नपाइने गरी सीमा तोकेको छ । सरकारले २०७३/१२/१० गते राजपत्रमा सूचना प्रकाशित गरी उक्त व्यवस्था गरेको हो । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको परामर्शका आधारमा सम्पत्ती शुद्धिकरण निवारण ऐन २०६४ को दफा ४४ ‘ग’ को उपदफा (१) बमोजिम २०७४ साल साउन १ गतेदेखि लागू हुने गरी कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै पनि सेवाको खरिद–बिक्री वा आय कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नु पर्ने गरी सीमा निर्धारण गरेको छ ।

यस वर्ष नेपाल राष्ट्र बैंकले ३० लाख रुपैयाँभन्दा बढीको कारोबारमा बैंकिङ उपकरणमार्फत गर्नु पर्ने व्यवस्था गरेको थियो । त्यसभन्दा अगाडि ५० लाख रुपैयाँभन्दा बढीको कारोबारमा बैंकिङ प्रणालीमार्फत कारोबार गर्नु पर्ने व्यवस्था थियो ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ०५:१४