ओरालो लाग्यो नेप्से, हल्लाकै भूमरिमा लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से, हल्लाकै भूमरिमा लगानीकर्ता



काठमाडौँ, १६ चैत । बुधबार नेप्से २२ दशमलव ३३ अंकले ओरालो लागेर बन्द भएको छ । १६ सय ९ मा पुगेको नेप्से आज १५ सय ८८ मा आएको छ । आज टेडिड.समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । केहि दिन यता बजार उकालो लागेको भएपनि आज ओरालो लागेको हो । आज इन्स्योरेन्स र जलविघुत समुह १५२ दशमलव ३२ र ७३ दशमलव९९ अंकले ओरालो लागे । होटेल समुह ६६ दशमलव २७ अंकले, विकास बैक समुह १६ दशमलव ९८अंकले, बैकिड.समुह २० दशमलव ०५ अंकले, फाईनान्स समुह १२ दशमलव ६ अंकले ,उतपादनमुलक समुह १ दशमलव ७६ अंकले र अन्य समुह १ दशमलव ४४ अंकले ओरालो लागेको छ ।

आज कारोबारमा आएका १४४ कम्पनी बाट ५० लाख ३३ हजार ४ सय ३२ कित्ता शेयर बाट २ अर्ब ५४ करोड ८० लाख ३ सय ३१ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार १०:०१