तेस्रो अन्तरराष्ट्रिय फ्लोरा एक्स्पो २०७३ शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तेस्रो अन्तरराष्ट्रिय फ्लोरा एक्स्पो २०७३ शुरु



काठमाडौं १७ चैत । तेस्रो अन्तरराष्ट्रिय फ्लोरा एक्स्पो २०७३ आजदेखि शुरु भएको छ ।राजधानीको भृकुटीमण्डपमा शुरु भएको मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गरे ।

नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजना गरेको पुष्प मेला ४ दिनसम्म चल्ने छ । उपराष्ट्रपति पुनले नेपाल जस्तो सबै हावापानी भएको देशमा संसारमा पाइने जुनसुकै फूल उत्पादन गर्न सकिने र यसलाइ निर्यात गरेर कृषिमा बढ्दै गएको परनिर्भरतालाइ कम गर्न सकिने बताए । साथै उनले जुकसुकै जात, धर्म , खुशी र दुःखमा पनि फूलको प्रयोग हुने भएकाले यसको महत्व बढ्दै गएको बताए । चीनमा जस्तै कुनै एक शहरलाई फूलको शहरको रुपमा बिकसित गर्न सकिनेमा जोड दिए ।

मेलाका नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पुष्पजन्य बस्तु निर्यातका लागि चिस्यान केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिए । साथै व्यवसायीहरुलाई त्यसै बसिरहेको सरकारी जग्गा खेती गर्न उपलब्ध गराउन सरकार समक्ष माग राखे । यसैगरी कृषि बिकास मन्त्री गौरी शंकर चौधरीले पुष्पजन्य बस्तुहरु निर्यात गरी आयात प्रतिस्थापन तर्फ लाग्न सबै व्यवसायीलाई आग्रह गरे ।

मेलामा उत्कृष्ट स्टल तर्फ खड्का नर्सरी र ल्याण्डस्केपमा शिबपुरी नर्सरी बनेका छन् । त्यस्तै मौसमी फूल तर्फ अजिमा नर्सरी, आलंकारीक बिरुवा तर्फ इन्द्रेणी फ्लोरा फार्म , उत्कृष्ट फूल्ने बिरुवा, सृजना फ्लावर नर्सरी बनेका छन् । उत्कृष्ट व्यवसायीलाई उपराष्ट्रपति पुनले नगद, शील्ड तथा प्रमाणपत्र बितरण गरेका थिए । यसैगरि लामो समय देखि पुष्प ब्यबशायमा योगदान पुराएकोमा महर्जन नर्सरीलाई पनि उपराष्ट्रपति पुनले सम्मान सहित कदरपत्र बितरण गरेका थिए ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन,ग्रीनहाउस, कृषिऔजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको छ ।

प्रकाशित : १७ चैत्र २०७३, बिहीबार १६:२९