आइपिओ भर्दा अब नागरिकताको फोटोकपि र फोटो नचाहिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइपिओ भर्दा अब नागरिकताको फोटोकपि र फोटो नचाहिने



काठमाडौं १८ चैत। कम्पनीहरुले जारी गर्ने सार्बजनिक निस्कासन (आइपिओ) भर्नको लागि आवेदकको नागरिकताको फोटोकपी र फोटो नचाहिने भएको छ ।

धितोपत्र बोर्डले सबै निस्कासन तथा बिक्री प्रबन्धकलाई परिपत्र गर्दै आइपिओमा नागरिकताको फोटोकपी र फोट नचाहिने ब्यवस्था लागू गर्न निर्देशन दिएको छ ।

बोर्डले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको छ । अहिलेसम्म आइपिओ भर्नको लागि आवेदकले फर्म भरेर नागरिकताको फोटोकपि तथा फोटो अनिवार्य रुपमा टाँसेर बुझाउनु पथ्र्यो ।

आइपिओ भर्नको लागि डिम्याट खाता अनिवार्य गरिएको र पछिल्लो समयमा आस्वा प्रणाली पनि कार्यान्वयनमा आएकोले आइपिओ भर्न सहज होस भनेर नयाँ ब्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

डिम्याट खाता खोल्दा नागरिकताको फोटोकपि, फोटो जस्ता प्रमाण कागजात पेश पेश गरिएको हुनाले थप झन्झट हुने ब्यवस्था नगर्न यसो गरिएको बोर्डको भनाइ छ ।

तर उद्योग वा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि भने नयाँ ब्यवस्था कार्यान्वयन हुने छैन ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ०२:४०