टोयोटाले नेपालमा मनायो ५०औं बर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टोयोटाले नेपालमा मनायो ५०औं बर्ष



काठमाडौं १८ चैत । टोयोटा नेपाल तथा टोयोटा गाडीको नेपालका आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि आफ्नो स्थापनाको ५०औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार कम्पनीले काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो । एक कार्यक्रमका बीच धुम्बाराहीमा टोयोटाको आधुनिक र सुविधासम्पन्न ३एस  शो–रुमको उद्घाटन गरिनुका साथै वैद्य कम्प्लेक्स नजिकै वृक्षारोपणसमेत गरियो ।

कार्यक्रममा सहभागी हुन नेपाल आएका टोयोटा मोटर एसिया प्यासिफिक प्रालिका अध्यक्ष हिरोयुकी फुकुईले आफ्नो मन्तव्य राखेका थिए । बिहीबार साँझ आयोजित अर्को विशेष कार्यक्रममा टोयोटाका नयाँ दुई गाडिहरु अल न्यू इनोभा र अल न्यू फच्युनरको बिक्री शुभारम्भ गरिएको थियो ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ०५:५४