फ्लोरिकल्चरको अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फ्लोरिकल्चरको अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न



काठमाडौं, चैत १८। कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा १ दिने सेमिनार सम्पन्न भएको छ । पुष्प ब्यबशायमा आधुनिक प्रबिधीको प्रयोग विषयक सेमीनारमा १ सय १५ जना सहभागी रहेका थिए ।
यो सेमिनार अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको अबसर पारेर गरिएको हो । सेमिनारमा पुष्प ब्यबशायमा आवद्ध ब्यबशायी, हर्टिकल्चर अध्ययनरत महेन्द्र रत्न मल्टिपल क्याम्सस इलाम, कृषि तथा बन विश्वबिद्यालय रामपुर चितवन, लमजुङ क्याम्पसमा बिएससी एजि अध्यनरत बिद्यार्थी, त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरमा एमएससी अध्ययनरत बिद्यार्थी, हिकास्टमा अध्ययनरत बिद्यार्थी सहित नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधीहरुले भाग लिएका थिए ।
सेमिनारमा भारत, बंगलादेश, दक्षिण कोरिया, श्रीलंका, चीन लगायतका मुलुकबाट आएका प्रतिनिधीहरुले प्रबिधीका बारे छलफल गर्दै आफ्ना अनुभव आदान प्रदान गरेका थिए ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ०७:५५