एफएनसीसीआईमा उम्मेदवारी दर्ता प्रकृया शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

एफएनसीसीआईमा उम्मेदवारी दर्ता प्रकृया शुरु



काठमाडौं २० चैत । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को आसन्न निर्वाचनका लागि आजबाट उम्मेदवारी शुरु भएको छ । चैत २० र २९ गते हुने महासंघको साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि अाइतबारबाट उम्मेदवारी दर्ता शुरु भएको हो ।

महासंघ निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय आइतबार र सोमबार रहेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले अहिले आफ्नो प्यानलसहित उम्मेदवार दिएका छन । देशका तमाम उद्योगी व्यवसायीको छाता संगठन हो एफएनसीसीआई । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने नयाँ व्यवस्था भएपछिको पहिलो चुनावी महासंग्राममा महासंघ अहिले होमिएको छ । सधैंको चुनाव झै यो पटक समेत स्पष्ट रुपमा दुई प्यानल चुनावी मैदानमा छन् । उनको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतमा उमेश श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिदैछन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले भने भोली उम्मेदवारी गर्दा गराउने भएका छन् । आज एक कार्यक्रमबीच आफ्नो प्यानल घोषणा गर्न लागेका प्रधानले सोमबार प्यानलसहित उम्मेदवारी दर्ता गराउने भएका तयारी गरेका छन् । प्रधानको टीममा जिल्ला तथा नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ रहेका छन् भने बस्तुगत उपाध्यक्षमा शंकर पाण्डे रहेका छन् । तर अहिलेसम्म उनको समुहमा एशोसिएट्सतर्फबाट उपाध्यक्षको उम्मेदवार रहेको छ ।

निर्वाचनमा बस्तुगत र जिल्ला नगरमा दुवै सहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएपनि एशोसिएट्समा भने एउटै प्यान हुने अाकलन गरिएको छ । एशोसिएट्को १९ सदस्य पदका लागि झाण्डै ३५ जना आकाक्षी छन् ।

प्रकाशित : २० चैत्र २०७३, आईतवार ०६:१०