महासंघको एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महासंघको एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध



काठमाडौँ २० चैत । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध चयन हुने भएका छन्। महासंघका बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोरकुमार प्रधान समूहले ढकाललार्इनै समर्थन गरेपछि उनी निर्विरोध हुने निश्चत भएको हो।

प्रधान समूहले उम्मेद्वार तय नगर्ने बताए पछि कसैले स्वतन्त्र उम्मेद्वारी नदिए ढकाल सोमबारनै निर्विरोध चयन हुनेछन्। आइतबार एशोसिएटका उपाध्यक्षका आकांक्षी सौरभ ज्योतीले ढकाललार्इ समर्थन गर्दै आफ्नो दाबी फिर्ता लिएका थिए। ढकालले शेखर गोल्छा समूहबाट आइतबार महासंघमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

महासंघको आगामी नेतृत्व लिन गोल्छा र प्रधान समूहले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन्। द्धिराष्ट्रिय उद्योग वाणिज्य र एशोसिएट सदस्यहुँदै महासंघको राजनीतिमा ढकाल प्रवेश गरेका थिए। महासंघभित्र ‘मध्यमार्गी’ मानिने ढकाल अघिल्लो निर्वाचनमा समेत दुबै पक्षको समर्थन थियो। भाष्करराज राजकर्णिकार र प्रदीपजंग पाण्डेको प्यानलको निर्वाचन हुँदा ढकाल दुबैतर्फको उम्मेदवारको रुपमा चिनिएका थिए।

प्रकाशित : २० चैत्र २०७३, आईतवार १२:४२