सिटिजन्स बैंकमा सेयर छ ? विहीबारदेखि हकप्रद सेयर निष्काशन हुँदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकमा सेयर छ ? विहीबारदेखि हकप्रद सेयर निष्काशन हुँदै छ



काठमाडौ २३ चैत । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हकप्रद सेयर निष्काशन भोलि ९विहीबार०देखि खुला हुने भएको छ । बैंकले २५ प्रतिशत अर्थात १० बराबर २।५को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले जारी गर्न लागेको हकप्रदमा गत फागुन २५ गतेसम्म कायम झन्डै ८० हजार सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन बैशाख २७ गतेसम्म खुला रहनेछ ।

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त हकप्रदमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन गर्नेसम्बन्धी निर्णय बैंकको दशौँ वार्षिक साधारणसभाबाट पारित भएको थियो । बैंकले यसै आर्थिक वर्ष भित्र आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित : २३ चैत्र २०७३, बुधबार ०९:४०