इस्लामिक स्टेटको आफ्नै मुद्रा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इस्लामिक स्टेटको आफ्नै मुद्रा



काठमाडौं। इस्लामिक स्टेट(आइएस)ले सामाजिक सञ्जालमार्फत कयौं मुद्राको तस्विर राखेको छ । ती मुद्रा विभिन्न धातुको भएको आइएसले जानकारी दिएको हो । ती मुद्रालाई इस्लामिक दिनार भनेर उल्लेख गरिएको छ ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदान चलिरहेको छ । रमदानको लगत्तै इद पर्व आउने गर्छ । इदको दिनदेखि ती मुद्रा प्रयोगमा ल्याइने आइएसले बताएको हो ।

यसका लागि आफ्ना प्रभावित क्षेत्र र आआफ्ना लडाकुहरु भएको ठाउँमा ती सिक्काहरु पुगिसकेको आइएले जानकारी दिएको छ ।

आइएसले आफूलाईलाई अरु संगठन जस्तो नआँक्न चेतावनी दिँदै आएको छ । उसले आफूले सिंगो इस्लाम राज्य सञ्चालन गर्ने र त्यसका लागि आवश्यक वस्तुको प्रवन्ध गरिने उसले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै आएको छ ।
अरबी भाषमा लेखिएको स्वर्ण मुद्रामा इस्लाम धर्मगुरु पैगम्बर मुहम्मदको चित्र अंकित गरिएको छ ।

आइएसले आआफ्नो मुद्राको मूल्य एक सय ३९ अमेरिकी डलर बराबर भएको बताएको छ । आजको अन्नपूर्णबाट ।

प्रकाशित : १० असार २०७२, बिहीबार ०३:०२