ग्रीसको गहिरिँदो संकट: सहमति बनेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्रीसको गहिरिँदो संकट: सहमति बनेन



ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रसले अन्तर्राष्ट्रिय ऋणदाताहरुसँग ग्रीसको ऋणसंकटको समाधान खोज्ने प्रयत्नमा संघन वार्ता गरेका छन्।

युरोपियन कमिशन युरोपियन सेन्ट्रल ब्यांक र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमफसँग राती ढिला गरि भएको वार्ता सहमति बिना टुंगिएको थियो।

बिविसी नेपाली सेवा लेख्छ , सीप्रसले आफ्नो पछिल्लो सुधार प्रस्ताव अस्वीकार गरेकोमा ऋणदाताहरुको आलोचना गरेका छ्न। दाताहरुले उनको प्रस्ताव संभव नरहेको बताएका थिए। ग्रीसले आइएमएफलाई १.६ अर्ब युरो केहिदिन भित्रै तिर्नुपर्नेछ अन्यथा ग्रीस ऋण भुक्तानी गर्न नसक्ने मुलुक बन्नेछ।

सीप्रस र ग्रीसका ऋणदाताहरुको बैठक स्थानीय समय अनुसार बिहिबार विहान युरोजोनका अर्थमन्त्रीको पूर्व निर्धारित बैठक अगावै पुन शुरु हुने ठानिएको छ।

उनीहरुले ग्रीस मुद्रा शुन्य हुनु अघि नै थप ऋण प्राप्त गर्ने गरि सहमति गर्ने आशामा छन्। बुधबार सहमति गर्ने गरी बसेको भनेको अर्थ मन्त्रीहरुको बैठक सहमति बनाउन नसकी छिटै सम्पन्न भएको थियो।

सीप्रसले कैयौं घन्टा लामो बैठक गरेका थिए। तर अधिकारीहरुका अनुसार सहमति बन्ने झिनो संकेत थियो किनभने सुधार कार्यक्रममा कर बढाउने या पेन्सन र अन्य खर्च घटाउने भन्नेमा मतभेद थियो। 

प्रकाशित : १० असार २०७२, बिहीबार ०४:२८