पुननिमार्णको लागी जुट्यो ३ खर्ब २६ अर्ब, सबैभन्दा बढी चिनको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुननिमार्णको लागी जुट्यो ३ खर्ब २६ अर्ब, सबैभन्दा बढी चिनको सहयोग



काठमाडौं । भूकम्पबाट ध्वस्त संरचना पुनर्निमार्णका लागि नेपाल सरकारले आयोजना गरेको दाता राष्ट्र सम्मेलनमा झण्डै ४ खर्ब रुपैयाँ सहयोगको आश्वासन प्राप्त भएको छ । सम्मेलनमा सबैभन्दा बढी अनुदानको घोषणा चीनले गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले ३ सय बिलियन युआन (४ सय ८३ मिलियन अमेरिकी डलर) अर्थात ४८ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान घोषणा गरेका हुन । यसअघिको प्रतिवद्धता जोड्दा नेपालको पुनर्निर्माणका लागि चीनको आर्थिक सहायता १ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।

भारतले १ खर्ब सहायता घोषणा गरे पनि अनुदान रकम भने २५ अर्ब मात्र छ । जसमा चीनले भने ४८ अर्ब अनुदान दिएर पहिलो नम्बरमा परेको छ ।

कुन दाताले कति गरे त सहयोग घोषणा  ?

भारतले नेपालको पुननिर्माणमा १ खर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोगको घोषणा गरेकी हुन् । यस्तै, जापान सरकारले पनि २६ अर्ब रुपैयाँ सहयोगको घोषणा गरेको छ । जापानी विदेश मामिला राज्यमन्त्री क्युमिची मिनोरुले सहायता घोषणा गरेका हुन् । नेपाललाई नर्वेका विदेशमन्त्री विदेशमन्त्री वर्ग ब्रेण्डले ३० मिलियन अर्थात ३ अर्ब रुपैयाँ सहायता दिने घोषणा गरेका छन् । त्यस्तै, अमेरिकाले १३० मिलियन डलर अर्थात १३ अर्ब रुपैयाँ आर्थिक सहायताको घोषणा गरेको छ ।

युरोपेली युनियनले १०० मिलियन युरो अर्थात १ अर्ब १३ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । एशियाली विकास बैंकले ६०० मिलियन अर्थात ६० अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।

पुनर्निर्माणका लागि आवश्क पर्ने झण्डै ७ खर्ब रुपैयाँ जोहो गर्नका लागि नेपाल सरकारले आयोजना गरेको नेपालको पुनर्निमार्णका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा जम्मा  ३ खर्ब २६ अर्ब मात्रै जुटेको छ  ।

प्रकाशित : १० असार २०७२, बिहीबार १४:४०