नेप्सेमा २ दशमलव २५ अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा २ दशमलव २५ अंकको वृद्धि



काठमाडौ ।साताको पहिलो दिन आइतबार नेप्से घटे पनि यो साता बाँकी ४ दिन हरियो देखिएको छ ।  आज नेप्से २ दशमलव २५ अंकले वृद्धि भई ९ सय ३० दशमलव ३८ अंकमा बजार बन्द भएको छ ।

यो साता आइतबार ६ दशमलव ६३ अंकले गिरावट आएको थियो भने सोमबार ४ दसमलव ५ अंक, मंगलबार ३ दशमलव ६२ अंक तथा बुधबार २ दशमलव ०४ अंकले वृद्धि भएको थियो । आज कारोबार रकम भने हिजोको तुलनामा करिब साढे २ करोड रुपैया बराबरले कमि आइ करिब २४ करोड १५ लाख रुपैयाको कारोबार भएको छ ।

आज कुल १ सय ३० कम्पनीका १ हजार ७ सय ७२ कारोबारबाट ५ लाख ५ हजार ६३ कित्ता शेयर किनबेच भएका छन् । एनसीसी बैंकको एजीएम हुने पक्का हुने साथै बुक क्लोजर मिति घोषणा भए संगै यसको आज सबैभन्दा बढी कारोबार गर्दै करिब २ करोड बराबरका शेयर खरिदबिक्री भएका छन् ।

आज हिमालयन बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् भने कन्ट्री विकास बैंक, प्रिमियर इन्स्योरेंस कम्पनी तथा पेसीफिक विकास बैंकका लगानीकर्ताहरुले बढी गुमाएका छन् । आज कारोबार भएका ६ वटै समुहका सूचकहरु उकालो लागेका छन् भने आज अन्य समुहको कारोबार भएको थिएन ।

प्रकाशित : १० असार २०७२, बिहीबार १३:४१