नेपाल बैंकको साधारणसभा असार २४ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बैंकको साधारणसभा असार २४ गते



काठमाडौं । नेपाल बैंक लिमिटेडले ५५ औं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकको संचालक समितिको ४८औं बैठकको निर्णयबमोजिम असार २४ गते हलचोकस्थित एपिएफ क्लबमा सभा हुने भएको छ ।


सभामा २०७१ असार मसान्तको वाशलात र असार सम्मको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको विवरणसंग सम्बन्धित अनुसुचिहरु माथि छलफल गरी पारित गरिने बैंकले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उक्त सभामा आर्थिक वर्ष २०७१÷७२को लागी लेखापरिक्षक नियुक्त गर्ने समेत जनाइएको छ ।

प्रकाशित : १० असार २०७२, बिहीबार १३:५४