इजी लिंक रेमिटको नयाँ सेवा केन्द्र जापानको ओसाकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इजी लिंक रेमिटको नयाँ सेवा केन्द्र जापानको ओसाकामा



काठमाडौँ ३१ चैत । इजी लिंक रेमिटले आफ्ना ग्राहकहरुको माग र स्तरिय सेवालाइ मध्यनजर गर्दै आफ्नो सेवालाइ बिस्तार गर्ने शिलशिलामा जापानको प्रख्यात शहर ओसाकाकोे उमेदामा ”ओसाका स्पाइस एण्ड हलालफुड बाट“ आफ्नो सेवा बिस्तार गरेको छ ।इजी लिंकको जापानभर कुल २२ वटा सेवा केन्द्रहरु छ ।
एक बर्ष अगाडी बाट संचालनमा रहेको ओसाका स्पाइस बाट इजी लिंकको रेमिट्यान्स सेवा समेत सुरु भएपछि ओसाका शहर र आसपास मा बसोबास गने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ नेपाल पैसा पठाउन सजिलो हुने भएको छ ।
इजी लिंक रेमिट्यान्सले जापानको बिभिन्न शहरहरुमा नेपालीहरुको जनघनत्व बढेसंगै आवश्यकता अनुसार हरेक शहरमा आफ्नो सेवा बिस्तार गर्दै जाने र आफ्ना ग्राहकहरुलाइ अझ स्तरिय सेवा प्रदान गर्ने साथै विगत एक बर्षदेखी इजी लिंकले आफ्ना ग्राहकहरुको लागी नेपाल पैसा पठाउँदा पहिलो पटक र हरेक तेस्रो पटक पैसा पठाउँदा कुनै शुल्क लिने गरेको छैन जसले गर्दा जापानमा रहेका नेपाली हरुमा इजी लिंक प्रतिको मोह दिनप्रतिदिन बढ्दै गइरहेको कुरा इजी लिंक जापानका बजार प्रबन्धक समिर जंग खडकाले जानकारी गराए ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहीबार ०६:०९