पर्यटन व्यवसायीहरु राजनीतिक आरोप प्रत्यारोपमा उत्रिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पर्यटन व्यवसायीहरु राजनीतिक आरोप प्रत्यारोपमा उत्रिए



काठमाडौ ।भूकम्पले क्षतविक्षत भएको पर्यटन क्षेत्रको विकास र पुनरुत्थानका लागि लाग्नुपर्ने बेला पर्यटन व्यवसायीहरु  राजनीतिक आरोपप्रत्यारोपमा उत्रिएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) ले बिहीबार आयोजना गरेको ‘राजनीतिक चक्रव्यूहमा पर्यटन’ विषयक अन्र्तक्रियामा  उपस्थित पर्यटकीय संघसंस्थाका प्रतिनिधिहरुविच छेडखानी भएको हो । तथापि पर्यटन पुनरुत्थानका लागि सबै व्यवसायीहरु एक हुनुको विकल्प नरहेको सबै व्यवसायीहरुको मत छ ।


नाटोजका अध्यक्ष शिव अधिकारीले भुकम्पले निम्त्याएको विपक्तिका विच पर्यटन पुनरुत्थानका लागि लाग्नुपर्ने बेला व्यवसायीविच राजनीतिक विभाजन हुनु विडम्बना भएको बताए । ‘भूकम्पले निम्त्याएको महाविपक्तिमा सबै एक हुनुपर्ने बेला राजनीतिक विभाजन आउनु चिन्ताको विषय हो ।’ उनले भने, ‘यसबेला सबै एक हुनुको विकल्प छैन ।’
संयुक्त पर्यटन समन्वय समितिका संयोजक समेत रहेका नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल एजेन्ट(नाट्टा) का अध्यक्ष डी.बी. लिम्बुले समिति छाडेर बाहिरिनुभएका सबै सदस्यहरुलाई संस्थामा फर्कन आग्रह गरे । ‘जेटीसीसी छाडेर बाहिरिनुभएका सबै साथीहरुलाई म संस्थामा फर्कन आगं्रह गर्छु ।’ उनले भने, ‘संस्थाको आन्तरिक समस्या संस्थाभित्रै रहेर समाधान गर्ने हो, नकी बाहिर बसेर ।’ सबैलाई मिलाएर लैजाने क्रममा आफु पद त्याग गर्न समेत तयार रहेको बताए । समितिले राजनीति पूर्वाग्रह नराखेको लिम्बुको दावी थियो ।
राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष चन्द्र रिजालले राजनीतिक खिचातानीलाई त्यागेर पर्यटनको विकास र राष्ट्रको समृद्धिमा लाग्नुपर्ने बताए । ‘नीति निर्माण तहमा भएको राजनीतिक विभाजनले पर्यटनको विकासमा बाधा पुर्याएको छ ।’ उनले भने ।
तर, गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) का पूर्वअध्यक्ष बोधराज भण्डारीले जेटीसीसीले बाटो विराएको टिप्पणी गर्नुभयो, ‘जेटीसीसीले राजनीति गर्न खोजेको देखिन्छ ।’ पर्यटन पुनरुत्थानका लागि पर्यटन मन्त्रालय, पर्यटन बोर्डलगायतका पर्यटकीय संघसंस्थाहरुले पहल नगरेकोमा रोष प्रकट गरे।
टानका महासचिव सागर पाण्डेले राजनीतिक विभाजन नेपालको पर्यटन क्षेत्रमा पेचिलो विषय भएको टिप्पणी गरे । पर्यटन विकासका लागि सबै संस्था तथा व्यवसायी एक हुनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश शिंखडाले पर्यटन पुनरुत्थानका लागि सरकारबाट भरपर्दो नीति तथा कार्यक्रम नल्याएकोप्रति कटाक्ष गरे । उपत्याकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको प्रति रोष प्रकट गर्दै शिंखडाले आउँदो सन् २०१६ लाई सम्पदा दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गरे ।
त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसियस (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डे, टुरिष्ट गाईड एसोसियसन नेपाल(टुर्गान)का अध्यक्ष हरेराम बराल, एकिकृत पर्यटन व्यवसायी संगठनका अध्यक्ष कमल सापकोटालगायतले राजनीतिक विभाजनमा नलागी मुलुकको पर्यटन विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए
यस्तै नेपाल पर्यटन पत्रकार मञ्च(टीजेएफ–नेपाल) को नाम परिवर्तन गरी विधिबत् रुपमा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)घोषणा गरिएको संस्थाले जानकारी दिएको छ  ।

प्रकाशित : ११ असार २०७२, शुक्रबार ०२:३४