अरुण काबेलीका लगानीकर्तालाई दुई गुणासम्म प्रतिफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अरुण काबेलीका लगानीकर्तालाई दुई गुणासम्म प्रतिफल



काठमाडौं, ३  वैशाख । अरुण काबेली पावर लिमिटेडका लगानीकर्ताले दुई गुणासम्म प्रतिफल पाएका छन् । नेपाल स्टक एक्सचेञ्जले कम्पनी  को पहिलो शेयर कारोबारलाई ९९ रुपैयाँदेखि २९७ रुपैयाँ सम्मको रेञ्ज दिएको छ । यसरी हेर्दा १०० रुपैयाँ प्रति कित्ता शेयर लगानी गरेका लगानीकर्ताले २ गुणासम्म प्रतिफल पाउने देखिएको हो ।

कम्पनीको एक करोड ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये २९ लाख १० हजार कित्ता साधारण शेयर २०७४ वैशाख ३ देखि नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुनेछ ।

सर्वसाधारणका लागि कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म ३० लाख कित्ता शेयर निष्काशन गरेको कम्पनीले पुस ५ गते बाँडफाँट गरेको थियो । सर्वसाधारण तर्फको शेयर वैशाख ३ बाट नेप्सेमा कारोबार हुने भएपनि प्रमोटर शेयर सर्वसाधारणको शेयर बाँडफाँट भएको तीन वर्ष पछि अर्थात २०७६ को पुस ५ मा मात्रै दोश्रो बजारमा कारोबार हुनेछ ।

प्रकाशित : ३ बैशाख २०७४, आईतवार ०६:२४