पढ्नुस हलिउडका १० महङ्गा चलचित्रहरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पढ्नुस हलिउडका १० महङ्गा चलचित्रहरू



साँच्चै नै भन्ने हो भने चलचित्र भनेको मानिसको मनोरञ्जन र समय बिताउने एक भरपर्दो माध्यम हो। चलचित्रहरू अनेक थरीका हुन्छन् र हरेक व्यक्तिले थरी थरी किसिमका चलचित्रहरू मन पराउँछन्। एकजनालाई नराम्रो लागेको चलचित्र अर्कोलाई राम्रो लाग्न सक्छ। तर एउटा तथ्य कुरा के हो भन्दा हरेक चलचित्रले कुनै न कुनै सन्देश बोकेको हुन्छ, चाहे त्यो हलिउड होस् या बलिउड, अथवा कलिउड नै किन नहोस्।

तर चलचित्र बनाउँदाको लगानी, मिहीनेत र गुणस्तरलाई हेर्दा हलिउडलाई जित्न मुस्किल नै छ। कुनै एउटा चलचित्र बनाउँदा करोडौँ डलर खर्च गरिरहेका हुन्छन् पश्चिमेलीहरू! तीमध्ये पनि कुनै चलचित्रहरूले खर्च गरेको भन्दा धेरै कमाइ गर्छन् भने कुनै-कुनै फ्लप भएर त्यत्तिकै बिलाएर जान्छ। त्यसरी नै चलचित्र बनाउँदा सबैभन्दा धेरै खर्च गरिएका यी १० हलिउड चलचित्रहरूको विवरण हेरौँ।

१०. ‘पाइरेट्स अफ द क्यारिबियनः डेड म्यान्स चेस्ट’ (२२५ मिलियन डलर)

चर्चित कलाकार ‘ज्याक स्प्यारो’को चलचित्र ‘पाइरेट्स अफ द क्यारिबियन’को पहिलो भाग भनेको ‘कर्स अफ द ब्ल्याक पर्ल’ हो। यो बनाउँदा धेरै लगानी गरिएको थियो र यसले कमाउन पनि धेरै नै कमाएको थियो। त्यसपछि ‘डिज्नी’ले के महशुस गर्यो भन्दा ‘जति धेरै खर्च त्यति धेरै कमाइ’ र उनीहरूले ठ्याक्कै त्यस्तै गरे। चलचित्रको दोस्रो भागमा पहिलो भागको सबै कलाकारहरूलाई समावेश गरियो।

‘पाइरेट्स अफ द क्यारिबियनः डेड म्यान्स चेस्ट’ संसारकै सबैभन्दा चाँडै १ बिलियन कमाउन सफल चलचित्र बन्यो। यो बनाउँदा २२५ मिलियन खर्च गरिएको थियो।

९. ‘म्यान अफ स्टिल’ (२२० मिलियन)

सन् २००६ मा चर्चित कमिक्स ‘सुपरम्यान’ लाई चलचित्रमा उतारिएको थियो र त्यतिबेला उक्त चलचित्रको नाम ‘सुपरम्यान रिटर्न्स’ थियो। तथापी उक्त चलचित्रका निर्माताहरूले सोचेजस्तो सफलता पाउन नसकेपछि सबै बन्द गरेको थियो। तर धेरै दर्शकहरूको मागपछि सन् २०१३ मा ‘म्यान अफ स्टिल’बाट फेरि सुरुवात गरेको थियो। तर २०१३ मा पनि निर्माता\निर्देशकहरूले उस्तै गल्ती गरे। चिनेजानेको कलाकारलाई ल्याउनुको सट्टा निर्माताले ‘हेनरी क्याभिल’लाई अभिनेता बनाएर धेरै दर्शकहरूको चासो गुमाएको थियो।

बनाउँदा २२० मिलियन डलर लगानी लागेको ‘म्यान अफ स्टिल’ले विश्वभरीबाट ६७० मिलियन डलर कमाएको थियो। तर चलचित्रबाट सोचेजस्तो चर्चा पाउन सफल भएन।

८. ‘द क्रोनिकल्स अफ नार्नियाः प्रिन्स क्यास्पियन’ (२२५ मिलियन डलर)

‘प्रिन्स क्यास्पियन’ पनि सबैले मनपराएको ‘नार्निया’को दोस्रो भाग हो। पहिलो भागबाट धेरै सफलता हासिल नगरेतापनि दोस्रो भाग बनाउनको लागि पुग्ने आम्दानी भने गरेको थियो। ‘प्रिन्स क्यास्पियन’को बारेमा प्रतिक्रिया खासै राम्रो भने आएको थिएन र दर्शकहरू भन्छन्, निर्देशकहरूले सायद यो चलचित्र बनाउनको लागि नचाहिने खर्च गरे। २२५ मिलियन डलर लागेको यो चलचित्रबाट विश्वभरम ४२० मिलियन डलर मात्र कमाउन सफल भयो भने अमेरिकाबाट मात्रै १४१ मिलियन डलर कमाएको थियो। यो चलचित्रको आधारमा भिडियो गेम पनि बनेको थियो र उक्त गेम पनि फ्लप भएको थियो।

७. ‘द डार्क नाइट राइजेज’ (२३० मिलियन डलर)

‘ब्याटम्यान बेगिन्स’ देखि ‘डार्क नाइट राइजेज’ सम्म तीनवटै भागले दर्शकहरूको चर्चा पाउन सफल भएको थियो। चर्चित कमिक्स ‘ब्याटम्यान’ बाट बनाइएको यो चलचित्रको पहिलो र दोस्रो भागमा ‘क्रिस्चियन बेल’ले ब्याटम्यानको भूमीका खेलेको थियो भने तेस्रो भागमा ‘टम हार्डि’ले उक्त भूमीका निभाएको थियो। सबैले मन पराउने ‘ब्याटम्यान’को आवाज पनि तेस्रो भागमा अलि हाँस्यास्पद सुनिएको थियो, तैपनि यो चलचित्रले सबैको मन जितेरै छाडेको थियो। यो बनाउँदा २३० मिलियन डलरको लगानी भएको थियो।

६. ‘एवटार’ (२४० मिलियन डलर)

‘एवटार’ चलचित्र हलिउडकै सबैभन्दा बढी सफलता पाएको चलचित्र हो र यसले निर्देशक ‘जेम्स क्यामेरन’लाई सुपरस्टार बनाएको थियो। तर उनलाई धेरैले पहिले देखि नै चिनिसकेका थिए, उनी ‘टाइटनिक’ जस्तो सुपरहिट चलचित्र बनाएर पनि विश्वप्रख्यात भइसकेका थिए।

यो चलचित्र बनाउनको लागि २४० मिलियन डलर र करीब १० वर्षको मिहीनेत लागेको थियो। अनि यसले सोचेको भन्दा बढी नै सफलता र चर्चा पाउन सफल भएको थियो। विश्वभरबाट २.७८ बिलियन डलर उठाउन सफल भएको यो चलचित्रलाई आलोचना पनि कम भने आएको थिएन।

५. ‘जोन कार्टर’ (२५० मिलियन डलर)

सन् १९३० मा नै बन्ने योजना भएको ‘जोन कार्टर अफ मार्स’ चलचित्रलाई डिज्नीले ७० वर्ष कुरेपछि मात्र यसलाई पर्दामा ल्याउन सफल भएको थियो। यसको वास्तविक कथालाई सबैले बिर्सिसकेको हुनाले धेरैले यो चलचित्रमा चासो देखाएको थिएन। अत्यन्त धेरै लगानी गरिएतापनि यो चलचित्रले अमेरिकामा भने ठूलो सफलता पाएको थिएन। अमेरिकाबाट मात्रै ७३ मिलयन डलर र विश्वभरीबाट जम्म २११ मिलियन डलर कमाएपछि डिज्नीले यसको अर्को सिक्वल निकाल्ने धारणा बन्द गरिसकेको छ।

४. ‘ह्यारी पोटर एण्ड द हाफ ब्लड प्रिन्स’ (२५० मिलियन डलर)

जे.के. राउलिङ्गको चर्चित कथा ‘ह्यारी पोटर’को सातवटामा समावेश गरिएको छ र यसलाई चलचित्रमा उतार्दा ८ वटा भाग बनेको छ। तर सबै भागलाई दाँजेर हेर्दा ‘हाफ ब्लड प्रिन्स’ बनाउँदा सबैभन्दा बढी लगानी लागेको थियो। यो ह्यारी पोटरको छैठौँ भाग हो, यो बनाउँदा २५० मिलियन डलर लगानी लागेको थियो भने यसले विश्वभरीबाट ९३० मिलियन डलर कमाएको थियो। यो चलचित्रको बारेमा धेरै आलोचकहरूले पनि राम्रो प्रतिक्रिया जनाएको थियो।

३. ‘ट्याङ्गल्ड’ (२५८ मिलियन डलर)

डिज्नीको एनिमेटेड चलचित्रहरूमा राजकुमारीहरूले कब्जा जमाएको छ र यो सबैको सुरुवात सन् २०१० मा बनेको ‘ट्याङ्गल्ड’बाटै भएको थियो। उक्त चलचित्रमा ‘म्याण्डी मुर’ले ‘रपुञ्जेल’को पात्रमा आवाज दिएकी थिइन्। यो चलचित्र बनाउँदा २५८ मिलियन डलरको खर्च भएको थियो भने, अमेरिकाबाट मात्रै २०० मिलियन डलर र विश्वभरीबाटै ६०० मिलियन डलर कमाउन सफल भएको थियो।

यो चलचित्रको सफलताबाट सन् २०१३ मा बनेको डिज्नीकै चलचित्र ‘फ्रोजन’ले पनि धेरै सफलता र चर्चा पाएको थियो। सन् २०१५ लागिसक्दा पनि ‘फ्रोजन’कै गीत गुन्गुनाउनेहरूले ‘ट्याङ्गल्ड’को गीतहरू पनि गुन्गुनाउन भुलेका छैनन्।

२. ‘स्पाइडरम्यान ३’ (२६० मिलियन डलर)

चर्चित कमिक्स ‘स्पाइडरम्यान’को कथामा आधारित चलचित्र ‘स्पाइडरम्यान’को जम्मा गरेर ३ वटा भागहरू बनेको छ र सबै भन्दा धेरै खर्च चाहिँ तेस्रो भाग ‘स्पाइडरम्यान ३’ बनाउँदा भएको थियो। २६० मिलियन डलर लागेको यो चलचित्रले दर्शकहरूबाट पैसा उठाउन सफल भएपनि सोचेजस्तो चर्चा पाउन भने सकेन। विश्वभरीबाट ८९० मिलियन डलर कमाएको यो चलचित्रमा ‘भेनम’ पात्रले गर्दा नै दर्शकहरू चलचित्र हलमा होम्मिएका थिए।

१. ‘पाइरेट्स अफ दि क्यारिबियनः एट वर्ल्ड्स इण्ड’ (३१० मिलियन डलर)

‘स्पाइडरम्यान ३’ जस्तै ‘एट वर्ल्ड्स इण्डले’ पनि धेरै लगानी गरेर गुणस्तर बिनाको चलचित्र बनाएको थियो। आधा भन्दा थोरै आलोचकहरूले यो चलचित्रलाई राम्रो प्रतिक्रिया दिएतापनि वास्तविक कथाबाट धेरै कुराहरू छुटेको थियो।

चलचित्रको आधाभाग सम्म पनि सबैले मन पराउने ‘ज्याक स्प्यारो’लाई देखाएको थिएन, जबकि उक्त चलचित्र ३ घण्टा लामो थियो। अझसम्म कै सबैभन्दा महङ्गो चलचित्र भएपनि डिज्नीले यसबाट ९३० मिलियन डलर उठाउन सफल भएको थियो। डिज्नीले त्यसपछि के महशुस गर्यो भन्दा दर्शकहरूले ‘ज्याक स्प्यारो’लाई हेर्नकै लागि हलभित्र छिर्दोरहेछ।

बिभिन्न अनलाईन र एजेन्सीको सहयोगमा

प्रकाशित : २८ पुष २०७३, बिहीबार ०८:१४