३२ वटा सहकारी खारेजीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३२ वटा सहकारी खारेजीमा



नवलपरासी । नवलपरासीमा यस आर्थिक बर्षमा ३२ वटा सहकारीहरु खारेजी हुने भएका छन् । यस अघि ५ वटा सहकारी खारेजीमा परेको नवलपरासीमा यस बर्ष गत बैशाख ८ गतेसम्म सम्पर्कमा नआएका ८७ वटालाई सूचना जारी गरिएकोमा अझै ३२ वटा सम्पर्कमा नआएकोले ती सहकारीहरु यस असारको अन्तिम सातासम्ममा खारेज गरिने सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बासुदेव भट्टराईले बताए ।

भट्टराईका अनुसार कम्तिमा साधारण सभा गरेको जानकारी पनि नगर्ने सहकारीहरुलाई खारेज गरिने भएको छ । नवलपरासीमा ४ सय ८४ वटा सहकारीहरु दर्तामा रहेका छन् । ती मध्ये चार सय १६ वटा सहकारी भने सञ्चालनमा रहेका छन् ।

प्रकाशित : ११ असार २०७२, शुक्रबार ०१:१३