सात वर्षमा १७ हजार विद्युत उत्पादन गर्ने उर्जामन्त्री शर्माको दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सात वर्षमा १७ हजार विद्युत उत्पादन गर्ने उर्जामन्त्री शर्माको दाबी



काठमाडौं, ४ वैशाख  । आगामी सात वर्षमा १७ हजार विद्युत उत्पादन गर्न सकिने उर्जा मन्त्रि जर्नादन शर्माले बताएका छन् । आठ हजार मेगावाट ठूला जलविद्युत कम्पनीहरुको निमार्णमा समयमा नै सम्पन्न गर्न सकेमा उक्त परिमाणमा विद्युत उत्पादन गर्न सकिने उनको भनाई छ ।

सोमबार नियमित विद्युत आपूर्तिको अर्थतन्त्रमा प्रभाव विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको सात वर्षमा सरकारकै प्रत्यक्ष नेतृत्वमा ८ हजार मेगावाटका जलविद्युत आयोजना पश्चित सेती, नौमुरे, उत्तरगंगा, सुनकोशी, बुढीगण्डकी, दुधकोशी अरुण, तमोर लगायतका जलाशययुक्त आयोजना निमार्ण गर्नुपर्ने बताए ।

त्यस्तैगरी अन्य नीजि र सरकारी स्तरबाट नौ हजार मेगावाटको रन अफ रिभरको जलविद्युत आयोजना निमार्ण गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित : ४ बैशाख २०७४, सोमबार ११:३०