साताको अन्त्यमा नेप्से उत्साहजनक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साताको अन्त्यमा नेप्से उत्साहजनक



काठमाडौं । यो साता आइतबार ६ दसमलव ६३ अंकको गिरावट संगै सुरु भएको नेप्से साताको अन्तिम दिन सम्ममा १२ दसमलव४१ अंकको बृद्धिसँगै ९ सय ३० दशमलव तीन आठ अंकमा बन्द भएको छ ।

यस साता सोमबार ४ दसमलव ५ अंक, मंगलबार ३ दसमलव ६२ अंक, बुधबार २ दसमलव शुन्य ४ अंकतथा साताको कारोबारको अन्तिम दिन बिहिबार २ दसमलव २५ अंकको वृद्धि संगै ९ सय ३० दसमलव ३८ अंकमा बजार बन्दभएको छ । ‘क’वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २ दसमलव ५७ अंकले बढेर १ सय ९९ अंकमा आईपुगेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७० कम्पनीहरुको कारोबार भएको छ । यस साता ७ हजार ४ सय ३५ कारोबारबाट एक अर्ब पाँच करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरका २७ लाख ७५ हजार नौ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकमगत साताको भन्दा ७ दसमलव ८५ प्रतिशतले बढि हो । गत साता १ सय ५१ कम्पनीहरुको कारोबार भएको थियो । जहाँ अनुसार ७ हजार ५८ कारोबारबाट ९८ करोड ५७ लाख १८ हजार रुपैयाँ बराबरका २८ लाख ९५ हजार आठ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकमको आधारमा आठ करोड ८२ लाख ९० हजार रुपैयाँ कारोबार गर्दै नेपाल क्रेडिट एण्ड कमर्स बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा दुई लाख २१ हजार कित्ता खरिद बिक्री गर्दै नविल ब्यालेन्स फण्ड १ अग्रस्थानमा छ । त्यसैगरी ४ सय ९३ कारोबार गर्दै नेपाल क्रेडिट एण्ड कमर्स बैंक कारोबार संख्याका आधारमा अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस सातापनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता समुहगत परिसूचकहरु मध्ये उत्पादनमुलक समूह ५ दसमलव ५८ अंकले घटेको छ भने बाणिज्य बैंक ९ दसमलव ५५ अंक, विकास बैंक १ दसमलव७६ अंक, बित्त समूह २ दसमलव ६९ अंक, होटेल २९ दसमलव ३८ अंक, जलबिद्युत ४३ दसमलव १३ अंक, अन्य समूह ८ दसमलव २३ अंक तथा बिमा समूहमा सबै भन्दा बढी १ सय २३ दसमलव १५ को वृद्धि देखिएको छ भने व्यापार समुहमा यो साताकुनै परिवर्तन आएको छैन ।यस साता सूचिकरण तर्फ गरिमा विकास बैंकको ११ लाख २२ हजार कित्ता हकप्रद शेयर तथा मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार ३७ कित्ता वोनस शेयर सूचीकृत भएका छन् ।

प्रकाशित : ११ असार २०७२, शुक्रबार ११:४९