वर्लडलिङ्कले ‘फाइवर टु द होम‘ सेवाको विस्तार गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वर्लडलिङ्कले ‘फाइवर टु द होम‘ सेवाको विस्तार गर्ने



काठमाडौँ ५ बैशाख । वर्ल्डलिङ्क कम्युनिकेशनस प्राइभेट लिमिटेडले सन् २०२० सम्म नेपालकादशलाख घरमाविश्वस्तरीय ‘फाइवर टु द होम ( नेटवर्क सेवाको विस्तार गर्ने योजनालिएको छ। कम्पनीले नेपालकामुख्यशहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षितगर्दै छिटो, भरपर्दो र आमनागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवातथा इन्टरनेट प्रोटोकलकामाध्यमद्वारा प्रदानगरिने अत्याधुनिकप्रविधिमाआधारित टेलिभिजन सेवा ) प्रदानगर्ने लक्षलिएको छ। हाल, उच्चस्तरीय इन्टरनेट सेवालिने एक लाखप्रयोगकर्ता भएको यस कम्पनीले ३० वटा शाखातथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमाआफ्नो सेवाविस्तार गरेको छ ।

नेपालमा इन्टरनेट सेवाको विकास तथाविस्तारको लागि एउटा महत्त्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायीभूमिका खेलिरहेको यस कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवाप्रदानगर्न लागेको २१ वर्ष पुगेको छ। इन्टरनेट सेवाविस्तारका लागिपहिले नै ३ अर्ब रूपैयाँलगानीगरिसकेको यस कम्पनीले आगामीतीनवर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्याउने लक्ष्यलिएको छ । यस प्रयोजनकानिम्ति वल्र्डलिङ्कले तीनप्रमुखअमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्कतथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमापहिलोपटक “ १०० जीबीपिएस”भन्दा धेरै क्षमताभएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यकातथा देशकाप्रमुखशहरमाविस्तार गरिरहेको छ ।
हालउपलब्धप्रविधिहरूमध्ये सबैभन्दाउपयुक्त‘फाइवर टु द होम’ सेवा घर घरमापुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल तथा अप्टिकल लाइन टर्मिनल का लागि नोकिया नेटवर्ककम्पनीसँग सम्झौताभइसकेको छ । नोकिया ( पहिलेअल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमाविश्वबजारको नेतृत्व गरेको सबैभन्दालोकप्रियकम्पनीहो । वल्र्डलिङ्कले नेट टिभीसंगको सहकार्यमा ४०भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी ) सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरकफरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु गलोवलओभर द टप कन्टेन्ट सेवाको विस्तार गरेको छ ।
विश्वस्तरीय साझेदारहरूसंगको सहकार्य सहितको थपलगानीले वल्र्डलिङ्कका सेवाहरू अझ छिटो छरितो र भरपर्दो हुनुका साथै आम नेपालीउपभोक्ताको पहुँचमापुग्नेछ । वल्र्डलिङ्क सबै दिनहरूमा नेपालअधिराज्य भरीविहान ६ बजेदेखि साँंझ७ बजेसम्म विशिष्टग्राहकसेवाप्रदानगर्नेपहिलो कम्पनीका रूपमा स्थापितभएको छ । ग्राहकसेवाकाहिसाबले ग्राहकआफैले लिइरहेको सेवाको अधिकउपयोग तथाव्यवस्थापनगर्न सक्ने वेव पोर्टल र मोबाइलएप्सहरूको व्यवस्थागरिरहेको छ जसकामाध्यमले ग्राहक बर्गहरुले जुनसुकै समयमा यस कम्पनीको सेवासुविधालिन र यसका वारेमा जान्न सक्ने छन् ।
साथै नयाँबर्ष २०७४ सालको उल्लास सँग सँगै हालको कमक्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निशुल्क बृद्धि गर्दै नयाँ उच्च गतिका प्याकेजहरु पनि बजारमाल्याउदै छ ।

प्रकाशित : ५ बैशाख २०७४, मंगलवार ०६:३०