बीमा दाबी घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बीमा दाबी घट्यो



बीमा_समितिकाठमाडौं । भूकम्पपछि बीमा दाबी गर्नेको संख्यामा केही समय बढेपनि अहिले सामान्य रहेको छ । बुधबारसम्म बीमा दाबी १३ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ बराबारको परेको छ । यसअघि १४ अर्ब ३ करोड ८४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको थियो ।

बीमा समितिका अनुसार बुधबारसम्म १५ हजार ३ सय ३३ वटा बीमा दाबी परेको छ । १ हजार २४ वटा दाबी नलाग्ने छन् भने २ हजार ६७ वटा दाबीको ६३ करोड ८४ लाख रुपैयाँ भुक्तानी भइसकेको समितिले जनाएको छ ।

समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले बीमा दाबीमा फेरबदल भइरहने बताए । अध्यक्ष केसीले ‘बीमा दाबी हरेक दिन फेरबदल भइरहन सक्छन्’ दाबी गर्नेले बढी गर्ने तर सेटलमेन्ट हुँदा कम भएकाले बीमा दाबी रकम तथा संख्या घटेको हो ।

उनका अनुसार १ हजार २४ वटा दाबी नलाग्ने संख्या रहेका छन् । १७ वटा बीमा निर्जीवन कम्पनीहरुले उपलब्ध गराएको विवरणअनुसार समितिले यो नतिजा सार्वजनिक गरेको हो । आजको समाचारपत्रबाट ।

प्रकाशित : १२ असार २०७२, शनिबार ०६:१८