एनआइसीको नाफा कति « अर्थबजार – आर्थिक विकासको लागि सञ्चार

Feature News

एनआइसीको नाफा कति



काठमाडौ ६ बैशाख। एनआईसी एसिया बैंकले चैत मसान्तसम्म मुनाफा ५० प्रतिशतले बढाएर एक अर्ब १३ करोड रुपैयाँ नघाएको छ। अघिल्लो वर्षको चैतसम्म बैकले ७५ करोड ९५ लाख रुपैयाँ मुनाफा गरेको थियो।
बैंकले खुद ब्याज आम्दानी मात्रै एक खर्ब ८४ करोड रुपैयाँ गरेको छ। गत बर्ष यस्तो आम्दानी एक अर्ब ३७ करोड रुपैयाँ थियो। बैंकसँग सर्वसाधारणको निक्षेप ७९ अर्ब ६ करोड रुपैयाँ छ। एक बर्षमा निक्षेप १५ अर्ब रुपैयाँले बढेको छ।
बैंकले ५२ अर्ब ४९ करोडको ऋणलाई ६७ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ। बैंकले डुबेको ऋणमध्ये करिव ४० करोड रुपैयाँ उठाएका कारण पनि नाफामा निक्कै सुधार आएको हो।
बैंकको खराव कर्जा पनि घटेको छ। १।११ प्रतिशत रहेको खराब कर्जा ०।४६ प्रतिशतमा आएको हो। बैंकको पूँजी कोष अनुपात १३।६९ प्रतिशत छ। चुक्ता पूँजी ६ अर्ब ३५ करोड रहेको कम्पनीको रिटर्न अन इक्विटी करिव १९ प्रतिशत छ। ३।५३ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको बैकको प्रति सेयर आम्दानी २६ रुपैयाँ छ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ०५:५२