आठ अर्ब चुक्तापुँजी पुर्याउँदै एनसीसी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आठ अर्ब चुक्तापुँजी पुर्याउँदै एनसीसी बैंक



काठमाडौं ६ बैशाख।  नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी)  बैंकले अब हकप्रद र बोनस सेयर जारी गरेर नै आठ अर्ब चुक्तापुँजी पुर्याउने भएको छ । चार वटा राष्ट्रिय स्तरका विकास बैंकलाई एकैपटक खरिद गरेर हालै एकीकृत कारोबार थालेको बैंकले अब मर्जर तथा एक्विजिसन बिना नै नेपाल राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापुँजी पुर्याउने योजा बनाएको छ ।
आठ अर्ब पुँँजी पुर्याउन  बैंकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।बैंकले हकप्रद सेयर पारित गर्नका लागि वैशाख १५ गते विशेष साधारणसभा बोलाएको छ । हाल एनसीसी बैंकको चुक्तापुँजी चार अर्ब ६७ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब रुपैयाँ नाघ्नेछ ।
बाँकी एक अर्ब रुपैयाँ बराबरको पुँजी चालु आर्थिक बर्षको खुद नाफा र बिकास बैंकहरुको स्वापबाट बचेको जगेडा कोषमा रहेको रकमबाट बोनस दिएर पुर्याउने बैंकको योजना छ ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार ०७:४३