भैंसी पालेरै मासिक ५० हजार आम्दानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भैंसी पालेरै मासिक ५० हजार आम्दानी



काठमाडौं। उनको दैनिकी गोबरसोतरबाटै सुरु भएर दिनभर पशुको स्याहारसुसारमै बित्छ । गोठभरीका भैंसीलाई दाना खुवाउँदा र दूघ दुहुँदा बिहान वित्छ । तर उनको दुःखको भारी मासिक ५० हजार रुपियाँ हात पर्दा बिसाएको आभाष हुन्छ ।

रुपन्देहीको सैनामैन नगरपालिका १ स्थिति रानीबगिया निवासी ४२ बर्षीय तोयानाथ पौडेलको दैनिकी हो यो । १३ बर्ष पोखरामा जुत्ताको बजार व्यवस्थापनको काम, ५ बर्ष काठमाडौमा सवारी चालक र २ बर्ष रेस्टुरेन्ट व्यवसाय गरेर करिब आधा जीवन गुजारा गरेका तोयानाथको उत्तम जीवनी अहिले भैंसीपालनसँगै सुरु भएको छ । नयाँ उर्जा र उत्साह छ भैंसीपालनमा छ ।

तोयानाथले भने, निकै सनतुष्ट छु, दिनमा ५५ लिटर दूध बेच्ने गरेको छु । उनका अनुसार प्रतिलिटर ६० रुपैंयाँका दरले दूध बेच्दा दैनिक ३ हजार ३ सय रुपैंया हत पर्दछ । आजको गोरखापत्रबाट

प्रकाशित : १२ असार २०७२, शनिबार ०४:१९