नेप्से ४९ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ४९ अंकले बढ्यो



काठमाडौँ,६ बैशाख । नयाँ वर्षको शुरुदेखि नै घटेको बजार बुधबार ४९ दशमलव ९८ अंकले बढेको छ । बुधबार कारोबारमा आएका १४२ कम्पनीहरुमा अन्य समुहबाहेक अरु सबै समुहले कमाएका छन । बुधबार नेप्से १६ सय ६२ मा पुगेर बन्द भएको छ । केहि दिन यता बजार आरालोे लागेको भएपनि आज बढेको छ । बुधबार इन्स्योरेन्स समुह २ सय ९२ दशमलव ६७ अंकले बढेको छ भने हेटल समुह ८७ दशमलव २९ अंकले बढेको छ । बुधबार विकास बैक समुह ६९ दशमलव ५७ अंकले, जलविघुत समुह ६८ दशमलव ६१ अंकले, बैकिड. समुह ४९ दशमलव २ अंकले, फाईनान्स समुह १७ दशमलव ७१ अंकले ,उतपादनमुलक समुह ९ दशमलव ४३ बढेको छ । बुधबार अन्य समुहभने १ दशमलव १६ अंकले ओरालो लागेको छ ।

बुधबार कारोबारमा आएका १४२ कम्पनी बाट १८ लाख २ हजार ४ सय ६७ कित्ता शेयर बाट १ अर्ब ७१ करोड ४२ लाख ४ हजार ३ सय ४८ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : ६ बैशाख २०७४, बुधबार १०:५८