धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको बस्तीको जग्गा दर्ता राजस्व छुट दिने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको बस्तीको जग्गा दर्ता राजस्व छुट दिने सरकारको निर्णय



काठमाडौं ७ बैशाख ।  सरकारले महोत्तरीको वर्दिबासस्थित धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको मुसहर बस्तीमा निर्माण भएको जग्गा दर्तामा राजस्व छुट दिने निर्णय गरेको छ ।

बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको नियमित बैठकले जग्गा तथा घरको मालपोतमा दर्ता गर्दा लाग्ने शूल्क मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

यस्तै बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरीका भ्रमणका लागि स्वीकृती दिएको छ । बैठकले यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति समेत दिने भएको छ।  यस्तै नेपाली सेनाका प्रमुख सेनानी गौरब कुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।

यस्तै वायुसेवा निगमको वाइड बढी खरिदका लागि सरकार जमानी बस्ने निर्णय समेत गरेको सूचना तथा संचारमन्त्री कार्कीले बताए । त्यस्तै, बैठकले सिन्धुलीको दुम्जामा बिपि कोइराला स्मृती पार्क र रामेछापमा पुष्पलाल पार्क निमार्ण गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ७ बैशाख २०७४, बिहीबार ०५:४०