नेपाल पुलिस क्लबलाई टेलिकमको साथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

नेपाल पुलिस क्लबलाई टेलिकमको साथ



काठमाडौं । नेपाल पुलिस क्लबको महिला र पुरुष टिमको प्रायोजनले निरन्तरता पाएको छ । प्रायोजनस्वरुप टेलिकमले पुलिसलाई २२ लाख रुपैंयां दिने छ । २०७१ पुस १५ देखि २०७२ पुस १४ सम्म १ बर्षको प्रायोजन सम्झौतापत्रमा टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हस्ताक्षर गरेको हुन् ।

प्रायोजन रकममध्ये पुरुष टिमलाई १६ लाख र महिलालाई ६ लाख रहेको छ । राष्ट्रियस्तरको प्रतियोगिता पहिले जस्तै भएकाले रकममा परिवर्तन नगरिएको जनाउंदै टेलिकमका प्रवन्धक निर्देशक आर्चायले अघिल्लो वर्षकै प्रायोजन रकममा सम्झौता गरिएको बताए । प्रवन्धक आर्चायले भने ‘सक्रियता र समयानुकुल रकम थप गर्ने छौं ।’ तीनपल्टको सहिद स्मारक ‘ए’  डिभिजन लिग च्याम्पियन पुलिसलाई ०६८ सालदेखि टेलिकमले प्रायोजना गर्न थालेको हो । टेलिकमले ०७० देखि महिला टिमलाई पनि साथ दियो ।

प्रकाशित : १२ असार २०७२, शनिबार १०:२२