१५ दिनभित्र स्टाण्डर्ड चाटर्डको एफपीओ बाँडफाँड गर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

१५ दिनभित्र स्टाण्डर्ड चाटर्डको एफपीओ बाँडफाँड गर्न निर्देशन



काठमाडौं ८ बैशाख । नेपाल धितोपत्र बोर्डले स्टाण्डर्ड चाटर्ड बैंकलाई फरदर पब्लिक अफरिङ (एफपीओ)को बाँडफाँड जारी मितिबाट ५० दिनभित्र गर्न निर्देशन दिएको छ । बैंकको एफपिओ बाडफाड गर्न ढिलाई हुँदा बजारमा तरला अभाव भएको भन्दै तत्काल वितरण गर्न निर्देशन दिएको हो ।
विक्री बन्द भएको ५० दिनभत्रि बाँडफाँड गरिसक्न बोर्डले आज निर्देशन दिएको छ । सो सम्बन्धमा बोर्डले एफपीओ विक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको छ । जस अनुसार बैशाख २३ गतेभित्र एफपीओ बाँडफाँड गरिसक्नुपर्ने छ ।
बजारमा साढे २ लाख लगानीकर्ताको ३८ अर्ब रुपैयाँ आउने र त्यसले बजारमा देखिएको तरलता समस्या समाधान गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

प्रकाशित : ८ बैशाख २०७४, शुक्रबार १०:५०