देवः विकास बैंकको यस्तो छ प्रगती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देवः विकास बैंकको यस्तो छ प्रगती



काठमाडौ, १० वैशाख । देवः विकास बैंक लिमिटेड ले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा बैंकको मुनाफा १९ करोड ९० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहि अवधिको तुलनामा २५५ दशमलव ३५ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा जम्मा ५ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी भएको देव विकास बैंकले जगेडा कोषमा ३४ करोड ९४ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ३४ दशमलव २५ प्रतिशतले वृद्धि गरी ९ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ संकलन गरी कर्जामा ८ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । खुद व्याज आम्दानी ७८ दशमलव ०२ प्रतिशतले बढेर ३९ करोड ७० लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफामा २६० दशमलव ९९ प्रतिशतले वृद्धि गरी ३१ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ६९ रुपैयाँ नेगेटिभमा राखेको छ ।

बैंकको जोखिम युक्त सम्पति १५ दशमलव ९३ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा १ दशमलव ३९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव १९ रुपैयाँ (वार्षिकीकरण), मूल्य आम्दानीको अनुपात १४ दशलमव ०७ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २५ दशमलव २६ रुपैयाँ र तरलता अनुपात २७ दशमल २१ प्रतिशत रहेको छ ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार ०५:२८