३५ दशमलव ३८ अंकले बढ्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३५ दशमलव ३८ अंकले बढ्यो नेप्से



काठमाडौं १० बैशाख ।कारोबारको पहिलो दिन आइतबार बजार खुलेको १० मिनेटमै सर्किट ब्रेकलागेर १५ मिनेटका लागि बजार बन्द भएको थियो ।कारोबारको क्रममा आइतबार केही समय नेप्सेको नेटवर्किङमा समस्या आएपछि कारोबार समय २५ मिनेट थप भएको थियो । आइतबार ३ बजेर २५ मिनेटसम्म कारोबार भएको छ ।

आइतबार नेप्से परिसुचक ३५ दशमलव ३८ अंकले उकालो लागेको छ । आइतबार १६सय ६० मा खुलेको नेप्से १६ सय ९३ मा पुगेर बन्द भएको छ । आइतबार कारोबारमा आएका सबै समुहले कमाएका छन । आइतबार इन्स्योरेन्स समुह सबैभन्दा धेरै ३१८ दशमलव ९३ अंकले उकालो लागेको छ । आइतबार उतपादनमुलक समुह ३५ दशमलव ४२ अंकले, बैकिड. समुह ३१ दशमलव ३७ अंकले, विकास बैक समुह ३० दशमलव १९ अंकले, जलविघुत समुह २६दशमलव १२ अंकले ,फाईनान्स समुह १४ दशमलव ९९ अंकले, अन्य समुह १० दशमलव ४१ अंकले र होटल समुह २ दशमलव २ उकालो लागेको छ ।
आज कारोबारमा आएका १४२ कम्पनी बाट २२ लाख २० हजार १सय ७५ कित्ता शेयर बाट १ अर्ब ५३ करोड ३८ लाख १८ हजार ८सय १२रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १० बैशाख २०७४, आईतवार १०:०२