कोरियामा कार्यरत आप्रवासी कामदारलाई ट्रेड युनियन अधिकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरियामा कार्यरत आप्रवासी कामदारलाई ट्रेड युनियन अधिकार



काठमाडौं  । दक्षिण कोरियामा कार्यरत आप्रवासी कामदारले ट्रेड युृनियनसम्बन्धी अधिकार पाएका छन् । उनीहरुले अब मजदुर युनियन खोल्न, कम्पनी सञ्चालकसँग श्रम ज्याला, नियम–कानुनसम्बन्धी संवाद गर्न र सुनुवाई नभए आन्दोलन वा संगठित हुन पाउनेछन् । कोरियामा प्रवासी मजदुरलाई यस्तो स्वतन्त्रता दिइएको यो पहिलो पटक हो ।

यसअघि आप्रवासी कामदारका लागि यी ३ क्रियाकलाप गर्न बन्देज थियो । यस्तो अधिकारको माग बषौंदेखि उठाइरहे पनि स्थानीय प्रशासनले सुनुवाई गरेको थिएन । गैरकानुनी भएपनि यस्ता क्रियाकलापमा आप्रवासी कामदारहरु सुषुप्त रुपमा संलग्न हुनै आएका थिए । राजधानी सोलस्थित सर्वोच्च अदालतले बैधानिक आप्रवासी कामदारलाई ‘मजदुर हक–अधिकारका लागि स्वयम् मजदुर संगठित हुन पाउने’ पैmसला सुनाएको हो । ८ बर्ष ४ महिना अघिदेखि विचाराधीन रहेको मुद्धा फैसलासँगै यहाँ कार्यरत आप्रवासी कामदार हर्षित भएका छन् । आजको कारोबारबाट ।

प्रकाशित : १३ असार २०७२, आईतवार ०२:४२