शशिन जोशी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शशिन जोशी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त



काठमाडौं । शशिन जोशी नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । दुई साताअघि एनआइसी एसिया बैंक छाडेका जोशीलाई आइतबार नबिल बैंकको सञ्चालक समितिले नियुक्त गरेको हो ।
‘चार बर्षका लागि जोशीलाई प्रमुख कार्यकारी नियुक्त गरिएको बताइएको छ । जोशीले सोमबारबाट बैंकमा काम सुरु गर्ने छन् ।
कार्यकाल पुरा भएपछि जोशीले एनआइसी एसिया बैंक छाडेका थिए । साढे १२ बर्षसम्म प्रमुख कार्यकारी रहेका जोशीले बैंकिङ क्षेत्रमा ३० बर्ष बिताएका छन् ।
 
जोशीले तत्कालिन नेपाल अरब (अहिलेको नबिल) बैंकबाट १९८६ बाटा बैंकिङ करियर सुरु गरेका थिए । म्यानेजमेन्ट ट्रेनीबाट करियर सुरु गरेका जोशीले नबिलमा तीन बर्ष विताएपछि उनी सहायक प्रबन्धक भएर छाडेका थिए ।
नबिलपछि तत्कालिन ग्रन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा गएका थिए । त्यहाँ चार्टर्डको लन्डनलाई प्रतिनिधित्व गर्दै सञ्चालक समिति सदस्यसमेत भएका थिए । बैंककै तर्फबाट उनी भारतको कलकत्ता र अस्ट्रेलियाको मेलवर्न कार्यालयमा समेत अनुभव हासिल गरे । कलकत्तामा १९९२ र मेलवर्नमा १९९७ मा उनी गएका थिए ।
चार्टर्डको कर्पोरेट तथा इन्स्टिच्युसनल बैंकिङ हेड भएपछि उनी सन् २००२ मा एनआइसी बैंकमा छिरेका थिए । नियमित कर्मचारीका रुपमा प्रमुख कार्यकारी भएका उनी राष्ट्र बैंकले चार बर्षे कार्यकाल लगाएपछि दुई कार्यकाल खाएर वाहिरिएका हुन् । कार्यकाल लागू हुनुअघि उनले साढे चार बर्ष एनआइसीको नेतृत्व गरिसकेका थिए ।
बैंकर्स संघका अध्यक्षसमेत भइसकेका जोशीको पालामै नेपालमा पहिलो पटक दुई बाणिज्य बैंक मर्ज भएको हो । उनले नेतृत्व गरेको एनआइसी बैंकसँग अर्को बैंक अफ एसिया नेपाल मर्ज भएर एनआइसी एसिया भएको हो । अनिल ज्ञवालीले चार बर्षे कार्यकाल पुरा गरेर नबिल छाडेपछि जोशी नियुक्त भएका हुन् ।

प्रकाशित : १३ असार २०७२, आईतवार ११:०५