एनबि इन्सुरेन्सको शतप्रतिशत हकप्रद निश्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनबि इन्सुरेन्सको शतप्रतिशत हकप्रद निश्चित



काठमाडौं, १४ वैशाख  । एनबि इन्सुरेन्स कम्पनीको शतप्रतिशत हकप्रद शेयर निश्चित भएको छ । कम्पनीको १ बराबर १ अनुपातको हकप्रद शेयरलाई धितोपत्र बोर्डले स्विकृत दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकितदरको २७ लाख कित्ता हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । एनबी इन्सुरेन्सको हकप्रदलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ ।

हाल २७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुग्नेछ। निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी एन.बी. इन्सुरेन्स कम्पनी लिमिटेडले आव २०७३।७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत बर्षको तुलनाभन्दा १ सय ३८ दशमलव ४६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीको गत मंसिर १७ गतेको साधारणसभाले उक्त हकप्रद जारी गर्ने निर्णय गरेको थियो । यसअघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको कम्पनीले फेरी शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

प्रकाशित : १४ बैशाख २०७४, बिहीबार १२:०८