ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ १७ बैशाख । कारोबारको पहिलो दिन आज आइतबार नेप्से १९ दशमलव ८४ अंकले ओरालो लागेको छ । १६ सय ७० मा खुलेको नेप्से १६ सय ५० मा आएर बन्द भएको छ । आइतबार उतपादन मुलक र अन्य समुहले मात्र कमाएका छन । आइतबार इन्स्योरेन्स समुह सबै भन्द धेरै १ सय ६७ दशमलव ९२ अंकले ओरालो लागेको छ । आइतबार हेटल समुह ५३ दशमलव ५८ अंकले, बैकिड. समुह २१ दशमलव १८ अंकले, विकास बैक समुह १५ दशमलव ३७ अंकले, , जलविघुत समुह १३ दशमलव ६२ अंकले, र फाईनान्स समुह ९ दशमलव ०७ अंकले ओरालो लागेका छन । आइतबार उतपादनमुलक समुह ३० दशमलव १ अंकले र अन्य समुह ३ दशमलव ७६ अंकले उकालो लागेका छन ।

आइतबार कारोबारमा आएका १४३ कम्पनी बाट १२ लाख ४० हजार १ सय ४२ कित्ता शेयरबाट ७८ करोड ५६ लाख ४३ हजार ७ सय १३ रुपैयाको कारोबार भएको छ ।

प्रकाशित : १७ बैशाख २०७४, आईतवार १०:०२