चेक क्लियरिङको सीमा र समय बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चेक क्लियरिङको सीमा र समय बढ्यो



काठमाडौं १८ बैशाख । नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्दै आएको इलेक्ट्रोनिक चेक क्लियरिङ र इन्टर बैंक पेमेन्ट सिस्टमबाट हुने कारोबार रकम र समय सीमालाई शुक्रबारदेखि लागु हुने गरि परिमार्जन गरेको छ। कम्पनीले इलेक्ट्रोनिक चेक क्लियरिङ प्रणालीबाट राफसाफ हुने चेकको रकमको सीमा शुक्रवारबाट बृद्धि गरि २० करोड रुपैयाँसम्म पु¥याएको छ । त्यसैगरी विदेशी मुद्राको चेकको हकमा २० लाखसम्म पु¥याइएको छ।

ठूला रकमको कारोबार हाइभ्यालु क्लियरिङमा रकमको सीमा बृद्धि गरि ३० करोडसम्म र विदेशीमुद्राको चेकको हकमा ३० लाखसम्म पु¥याइएको कम्पनीले जानकारी दिएको छ। हाइभ्यालु क्लियरिङको समय सीमा समेत हरेक दिन दश बजेबाट साढे ११ बजेसम्म हुने व्यवस्था पनि कम्पनीले मिलाएको छ । अब इलेक्ट्रोनिक चेकको शुक्रबार समेत दुई वटा एक्सप्रेस क्लियरिङ गरिने कम्पनीले जानकारी दिएको छ। शुक्रबार बिहान १० देखि ११ बजे एउटा र ११ बजेदेखि १२ बजेसम्म पेश गरिएका चेक सोही दिन एक्सिप्रेस क्लियरिङबाट ङ्खछर्यौट गरिने कम्पनीले जानकारी दिएको छ।

त्यस्तै कम्पनीले इन्टर बैंक पेमेन्ट सिस्टम अन्र्तगत बैंक वित्तीय संस्थाले एक आपसमा गर्ने अन्तर बैंक कारोबारको रकम सीमा ५० करोड रुपैयाँ र विदेशी मुद्राको हकमा ५० लाख सम्म हुने व्यवस्था गरेको छ ।

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०६:१९