देवः विकास बैंकले चिपमा आधारित भिसा कार्ड ल्यायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

देवः विकास बैंकले चिपमा आधारित भिसा कार्ड ल्यायो



काठमाडौं १८ बैशाख ।  देवः विकास बैंकले चिपमा आधारित भिसा डेविट÷एटिएम कार्ड प्रयोगमा ल्याएको छ । ग्राहकलाई सुरक्षित, विश्वसनीय र भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेविट/एटिएम कार्ड प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेडसँगको सहकार्यमा यो कार्ड सेवामा ल्याइएको बैंकले जनाएको छ । भिसा डेविट÷एटिएम कार्ड नेपाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै बैंकले विद्यमान स्मार्ट च्वाइस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससीटी डेविट/एटिएम कार्डको सेवालाई समेत निरन्तरता प्रदान गरेको छ । यस सेवाबाट बैंकका ग्राहकलाई नगद विहिन कारोबार गर्न थप सुविधा पुग्ने दावी बैंकले गरेको छ ।

प्रकाशित : १८ बैशाख २०७४, सोमबार ०६:५२