नेपाल एसबिआई बैंकको २६गते बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल एसबिआई बैंकको २६गते बुक क्लोज



काठमाडौं १९ बैशाख । नेपाल एसबिआई बैंक लिमिटेडले बैशाख २६गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको लागि बुकक्लोज मिति तय गरेको हो । बैशाख २५ गते सोमबारसम्म बैंकको सेयरधनी बनेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन् । बैंकले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३।६० कित्ता हकप्रद जारी गर्न लागेको छ ।

हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ ।बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ७५ करोड ८७ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैँया कायम गरेको छ । एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार ०५:४६