ग्रीसमा गहिरिदैं संकट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रीसमा गहिरिदैं संकट



काठमाडौं । ग्रीसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले अन्तर्राष्ट्रिय ऋणदाताहरुको प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय कर्जादाताहरुले खर्च कटौती र कर बढाउन प्रस्ताव गरेपछि ग्रीसले उक्त प्रस्तावमाथि आगामी आइतबार जनमतसंग्रहको घोषणा गरेको छ । आम नागरिककै निर्णयमा प्रस्तावलाई अघि बढाउने बताइए पनि प्रधानमन्त्री सिप्रासले जनमतसंग्रहमा प्रस्तावको विपक्ष्ँमा मतदान गर्न आव्हान गरेका छन् ।

युरोपेली युनियनले भने ग्रीसले ऋणदाताहरुको प्रस्तावको पक्षमा मतदान नगरे ग्रीसले आर्थिक सहायता नपाउने प्रस्ट पारिसकेका छन् । प्रधानमन्त्री सिप्रासले ग्रीसले बिपक्ष्ँमा मतदान गरे झन् कडा रुपमा उत्रन सहज हुने तर, प्रस्तावको पक्षमा मतदान गरे आफूले पदबाट राजीनामा दिने प्रस्ट पारे । ग्रीसको राजधानी एथेन्समा हजारौं नागरिकहरुले प्रधानमन्त्री सिप्रँसको समर्थनमा ¥यालीसमेत निकालेका छन् । ग्रीसले आइएमएफको ऋण चुक्ता गर्ने समयसीमा आज सकिंदै छ ।

प्रकाशित : १५ असार २०७२, मंगलवार १६:३८