यस्तो छ नेपाल लाइफको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्तो छ नेपाल लाइफको प्रगति



काठमाडौं, १९ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको  विवरण सार्वजनिक गरेको छ ।  त्रैमासमा कम्पनीले  खुद मुनाफा ४० करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ७२ दशमलव १० प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा बीमाले नाफा २३ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

३ अर्ब ९ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बीमाले जगेडा तथा कोषमा ४ अर्ब ७३ करोेड ३७ लाख रुपैयाँ र जीवन विमा कोषमा ३७ अर्ब १८ करोड ८१ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ६४ दशमलव ०४ प्रतिशतले बढेर ५४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ४३ दशमलव २९ प्रतिशतले बढेर १३ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

 

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) ७ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ भने गत वर्ष सोहि अवधिमा कम्पनीले ६ अर्ब २३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन (खुद) गरेको थियो । कम्पनीले यस अबधिमा १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत वर्ष सोहि अवधिमा ८८ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन रकम भने ४८ अर्ब १० करोड १३ लाख रुपैयाँ र कुल दाबी भुक्तानी रकम १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधिमा १० लाख २४ हजार ६ सय ४२ वटा (संख्या) बीमालेख जारी गरेको छ भने १७ हजार ८ सय ९५ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १७ दशमलब ६४ रुपैयाँ, पि ई अनुपात १४१ दशमलब १५ गुणा, प्रति शेयर नेटवर्थ २ सय ६० दशमलब १४ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य १ हजार ५ सय २९ दशमलब १४ रुपैयाँ रहेको छ ।

प्रकाशित : १९ बैशाख २०७४, मंगलवार ०७:३८