एनएमबि बैंकले एफपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंकले एफपीओ निष्कासन गर्ने



काठमाडौं २० बैशाख।एनएमबि बैंकले  प्रिमियम भाउमा एफपीओ ल्याउने भएको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले नियमनकारी निकायको स्विकृति पाएपछि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो । यसअघि एनएमबिको २१ औं साधारण सभाले पुँजी वृद्धिका लागि एफपीओ निष्कासन गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको थियो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ प्रतिशत अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । अब नियामक धितोपत्र बोर्डबाट अनुमति पाएपछि एफपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । बैंकले प्रतिकित्ता एफपीओ मूल्य भने खुलाएको छैन ।
यसअघि एनएमबिको नेदरल्यान्डको एफएमओ नामक कम्पनीले चुक्ता पुँजीको २०% संस्थापक सेयर प्रतिकित्ता २५० रुपैयाँ प्रिमियम भाउमा किनेको थियो । बैंकमा विदेशी साझेदार भित्रिएपछि वित्तीय अवस्था थप सबल हुने विश्वास गरिएको छ । एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १४ करोड ३५ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ ।

 

प्रकाशित : २० बैशाख २०७४, बुधबार ०७:१५