हेर्नुस कृषि विकास बैंकको प्रगति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हेर्नुस कृषि विकास बैंकको प्रगति



काठमाडौं२२ बैशाख । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासमा खुद मुनाफा १ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको तुलनाभन्दा २९ दशमलव ७६ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले मुनाफा १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ कमाएको थियो ।

१२ अर्ब ५२ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ८ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७ दशमलव २२ प्रतिशतले वृद्धि गरी ८९ अर्ब ५३ करोड ४ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट बैंकले कर्जामा ८८ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको हो । त्यस्तै खुद व्याज आम्दानीमा ४१ दशमलव ७४ प्रतिशतले बढेर ५ अर्ब १५ करोड १५ लाख रुपैयाँ पुगेको छ र संचालन मुनाफामा १ सय ६५ प्रतिशतले बढेर १ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ९२ करोड ८९ लाख रुपैयाँ राखेको छ भने ६५ करोड ४० लाख रुपैयाँ खराबकर्जा उठाएको छ ।बैंकको पुँजीकोषमा ४ दशमलव १९ प्रतिशतले बढेर १७ दशमलव ३८ प्रतिशत र निस्कृय कर्जा १ दशमलव ५९ प्रतिशतले रहेको छ ।

बैंक  को प्रति शेयर आम्दानी २४ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ०८ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १८ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात २२ दशमलव ६४ प्रतिशत रहेको छ ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०७:१२