सिटिजन्स बैंकबाट बैककाइन्स्योरेन्स सेवा प्रारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंकबाट बैककाइन्स्योरेन्स सेवा प्रारम्भ



काठमाडौँ २२ बैशाख  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच  बैशाख २० मा बैककाइन्स्योरेन्स सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता– पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारी र सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिव नाथ पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट बैंकिङ्ग सेवाका अतिरित्त आफ्नो जीवन बीमा गर्न र सोको प्रिमियम रकम छिटो, छरितो र सहज रुपमा बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्नेछन् । सिटिजन्स बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दैे बीमा सम्बन्धी सेवा पनि उपलब्ध गराउन लागेको हो । यस सेवाबाट ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । देशको १४ अञ्चलमा फैलिएको सिटिजन्स बैंक काठमाडौं उपत्यका भित्र २४ र बाहिर ३४ गरी कुल ५८ वटा शाखा, ५७ वटा ए.टि.एम. काउन्टर र ७३ वटा शाखा रहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा ग्राहकहरुलाई प्रदान गर्दै आएको छ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ०९:४१