बैंकिङ क्षेत्र अनुशासित तरिकाले अगाडी बढ्दैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कुराकानी

बैंकिङ क्षेत्र अनुशासित तरिकाले अगाडी बढ्दैछ



upd
उपेन्द्र पौडेल अध्यक्ष, नेपाल बैंकर संघ

अहिले सम्म राष्ट बैंकलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?
नजिक बाट नियालेर हेरेको ३० बर्ष भयो । त्यस पछि क्रमश मैले हेर्दा राष्ट बैंकको काम गर्ने तरिका सुधार हुदै गएको छ । पछिल्लो समयलाई नै मुल्यांकन गर्ने हो भने अहिले झनै प्रोफेस्नल बन्दै गएको छ । कति पय कुराहरु राष्ट बैंकलाई हामीले पनि यस्तो हो भनेर बुझाउन कठिन हुन्थ्यो । अहिले आएर राष्ट बैंक र बैकरहरु एउटै लाइनमा कुरा गर्न सक्ने र एक आपसमा  बुझ्ने  भएका छौँ ।
राष्ट बैंकको कम्जोर पक्ष चै तपाइले के देख्नु भएको छ ?
रिस्क बेस सुपरभिजनमा चै अलि राष्ट बैंकले आफ्नो क्षमता बढाउन जरुरी  छ ।
राष्ट बैंकले जारी गर्ने विभिन्न नीति तथा निर्देशनहरु अव्यवहारिक भयो भनेर तपाईहरुले पनि गुनासो गर्दै आउनुभएको छ नि ?
यो प्रकृया सबै ठाउमा चलिनै रहन्छ । कुनै पनि  नीति नियमहरु लागु गर्ने र त्यो समय सुहाउदो भएन भने त्यसलाई परिमार्जन गर्ने त्यो एउटा प्रकृयानै हो । कतिपय साना कुरामा राष्ट बैंक नअल्झीयो भन्ने कुरा त ठिकै हो । साना साना कुरामा अल्झीएर बस्दा राष्ट बैंकको पनि समय त बर्बाद भै रहेको छ । हुन त हामीसंग पनि केन्द्रिय बैंकले यसो गर भन्दा त्यो कुरा नबुझेर अर्को तरिकाले काम भएको अबस्था पनि छ ।
नयाँ गभर्नरलाई अगामी दिनमा कसरी अगाडी बढ्न सल्लाह दिनु हुन्छ ?
उहाँलाई हामीले भेटेरै भए पनि धेरै कुराहरु सुझावको रुपमा राखेका छौँ । नयाँ गभर्नरले गर्ने पर्ने केही कुराहरु छन् । जस्तो बैंकमा तरलता व्यवस्थापनको बिषय जुन छ यसलाई व्यवस्थापन गर्न जरुरी छ । राष्ट बैंकले जति पनि नीति नियमहरु ल्याउछ त्यसमा हामी बैंकरहरु सहयोग छ । त्यस्तै राष्ट बैंकले नीति नियम निर्माण गर्दा कम्तीमा एक पटक हामी सरोकारवला निकायहरु संग छलफल र परामर्श गरेर मात्र नीति नियम लागु गर्यो भने  अझै राम्रो हुन्छ भन्ने हाम्रो पनि धारणा हो ।
पुर्व गभर्नर डा.खतिवडाको कार्यकालमा भएका कुरालाई कसरी लिनुभएको छ ?
डा.युवराज खतिवडा बैंकको क्षेत्र एक्दमै संवेदनसिल भएको अवस्थामा आउनु भएको हो । तरलतामा समस्या थियो । रियल स्टेटमा उतिकै समस्या थियो । यहि बेलामा बैंकहरुमा एक पछि अर्को समस्या थपिदै गएको अवस्था थियो । त्यो बेलामा जुन पोलिसी ल्याएर काम गर्नु भयो । त्यसलाई विवादित हो भनेर भन्न मिल्दैन । त्यो बेलामा आएका पोलिसीहरुको जुन स्प्रिड थियो त्यो अनुसार हाम्रो प्रविधीहरु चल्न नसकेको चै पक्कै हो । सेल्फ रेगुलेसनको पार्टमा पनि हामी त्यती प्रभावकारी बन्न सकेनौ ।
तपाईको  नजरमा बैंकिङ इन्ड्रस्टी कता जादै  छ ?
अहिलेको कुरा गर्ने हो भने बैंकिङ सिस्ट  एकदमै मेचुयड भै सक्यो । पहिला बैंकिङ क्षेत्रमा जुन विकरालको समस्या थियो ति धेरै चै न्यून भै सकेका छन ् । अहिले पनि छिट्फुट रुपमा समस्या देखिएका छन् । त्यस्ता समस्या बाट अतालिनु पर्ने अबस्था छदै छैन । हिजो लुकेर थुप्रेर बसेका समस्याहरु थिए  ति बाहिर आउने काम मात्र भएको हो । आउदा दिनहरुमा नेपालको बैंकिङ क्षेत्र एकदमै अनुशासित तरिकाले अगाडी बढ्दैछ ।

प्रकाशित : ३१ बैशाख २०७२, बिहीबार १६:२१