ऐनसेलले के आधारमा पायो फोरजी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ऐनसेलले के आधारमा पायो फोरजी ?



काठमाडौं, २४ वैशाख  । क्षेत्राधिकार मिचेर संसद्को विकास समितिले दिएको निर्देशनको आडमा दूरसञ्चार प्राधिकरणले ऐनसेललाई चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) अनुमति दिएपछि लेखा समितिले स्पष्टीकरण सोधेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

आइतबारसम्म जवाफ पेस गर्नुपर्ने गरी प्राधिकरणलाई के आधारमा फोरजी सेवा अनुमति दिएको ? भन्दै स्पष्टीकरण सोधेको हो । समितिका सचिव सुरेन्द्र आर्यालले फोरजी सेवा दिए/नदिएको जानकारी पठाउन र निर्णय भएको भए आधार र कारण खुलाई पेस गर्न शुक्रबार प्राधिकरणलई पत्राचार गरिएको बताए । उनले भने, फोरजी सेवा दिएको कुरा आधिकारिक रुपमा हामीलाई जानकारी छैन । जानकारी नै नभएपछि सेवा दिइनै सक्यो भने आधार हामीसँग छैन ।

प्रकाशित : २४ बैशाख २०७४, आईतवार ०५:०१