सबैभन्दा बढी तलब खाने सिईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सबैभन्दा बढी तलब खाने सिईओ



जपान दोश्रो ठूलो अटो निर्माता कम्पनी निशान मोटरका प्रमुख कार्यकारी कार्लोस धोस्नलाई १,०३५ अर्ब येन तलब दिएको छ । उनको यो तलब अघिल्लो बर्षको तुलनामा ४ प्रतिशतले बढी हो । जपानमा उच्च तलब खानेमध्येका १ धोस्नले गत वर्षको मार्चमा अन्त्य हुने वर्षमा ९९ करोड ५० लाख येन तलबस्वरुप बुझेका थिए । धोस्न निशानको साझेदार कम्पनी रिनाउल्ट एसएका पनि सिइओ हुन् ।
यो कम्पनीले उनलाइृ गतवर्ष ७२ लाख युरोको तलब भुक्तानी गरेका थिए । उनी रुसी साझेदार एभ्टो भीएजेटका सञ्चालक समितिका अध्यक्ष पनि हुन् । जपानमा उनको तलबलाई उच्च मानिए पनि सप्mट बैंकका समकक्षी निकेश अरोसाले पाएभन्दा थोरै हो ।
गुगलका पूर्वकायकारीले झण्डै आधा वर्षको अवधिमा १६.५६ अर्ब येन तलब बुझेका थिए । जपानमा सूचीकृत भएका २ हजार ४५१ कम्पनीले सोमबार आप्mनो वार्षिक प्रतिवेदन अनुसार ३२ कम्पनीका ७७ कार्यकारीले तलब स्वरुप १० करोड ये बुझेको टोकियो सोको अध्ययनले दोखाएको छ ।
धोस्न निशानमा बढी शेयर भएकामध्ये पर्छन् । उनको शेयर संख्या ३१ लाख २२ हजार छ ।

प्रकाशित : १६ असार २०७२, बुधबार १२:५३