Feature News

समयावधिमा ऋण चुक्ता गर्न ग्रीस असफल,युरोजोनबाट बाहिरिने लगभग निश्चित



काठमाडौ ।तोकिएको समयसीमा भित्र अन्तर्राष्ट्रिय ऋण दाताहरुको ऋण चुक्ता गर्न ग्रीस असफल भएको छ । युरोजोनका मन्त्रीहरुले ऋण चुक्ता गर्ने अवधि बढाउन नमानेपछि ग्रीस अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको समयावधिमा ऋण चुक्ता गर्न असफल भएको हो ।

युरोजोनका मन्त्रीहरुले ग्रीसको आर्थिक संकट समाधानबारे उसको प्रस्तावमाथि अन्तिम समयसम्म पनि छलफल गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण चुक्ता गर्न नसकेपछि ग्रीस युरोजोनबाट बाहिरिने लगभग निश्चित भएको छ ।एजेन्सीको सहयोगमा

प्रकाशित : १६ असार २०७२, बुधबार १४:४०