प्रिमियरले सुरु गर्ने भो सीसीआइपी सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रिमियरले सुरु गर्ने भो सीसीआइपी सेवा



काठमाडाै २५ बैशाख । निर्जिवन बिमा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्सले निकट भविष्यमै आफ्ना ग्राहकहरुलाई अनलाइनबाटै बिमा दाबी प्रक्रिया थाल्ने सुविधा उपलब्ध गराउने भएको छ ।

सोमबार सम्पन्न बिमाको २३ औं वार्षिकोत्सव समारोहमा सेयरधनीलाई सम्बोधन गर्दै कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले आफूहरुले बिमा दाबीको प्रक्रिया सरलीकृत गर्ने उद्देश्यले छिट्टै नै कस्टमर क्लेम इन्फरमेसन पोर्टल(सीसीआइपी) सेवामार्फत ग्राहकहरुलाई अनलाइन बिमा दाबी गर्न सक्ने सुविधा दिन लागेको बताए ।

वार्षिक साधारणसभामा बताइएअनुसार यो बिमा कम्पनीले आर्थिक वर्ष २०७२।७३ मा कुल बीमा शुल्क रु. १ अर्ब ४२ लाख आर्जन गरी खुद नाफा रु. १८ करोड ४७ लाख आर्जन गरेको र कम्पनीको हाल चुक्ता पँुजी रु. ४४ करोड ८५ लाख रहेको छ । कम्पनीको व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीको अधिकृत पूँजी रु. ७५ करोडलाई बृद्वि गरी रु. २ अर्ब र जारी पुँजीलाई रु. १ अर्ब ५० करोड बनाइएको बताइएको थियो ।

यही उद्देश्य पूर्तिका लागि कम्पनीले निकट भविष्यमा ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ गर्न लागेको र त्यसका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको बताइएको छ । यो कम्पनीको एफपीओ धितोपत्र बोर्डको पाइपलाइनमा छ ।

साधारणसभामा बताइए अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनीले १ अर्ब ७७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गर्ने सफलता पाएको छ ।

प्रकाशित : २५ बैशाख २०७४, सोमबार १२:२१